सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १९ भाद्र । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (FWEAN) बीच व्यावसायिक सम्झौता भएको छ ।
महिला व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार, महासंघका सदस्यहरूलाई बैंकको २७५ शाखामार्फत महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलाहरूलाई छुटसहित कर्जा प्रवाहमा प्राथमिकता दिइनेछ । साथै वित्तीय साक्षरता तथा अन्य बैंकिङ सेवामा पनि विशेष सुविधा उपलब्ध गराइनेछ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यस सहकार्यबाट महिला उद्यमशीलतालाई थप प्रोत्साहन मिल्ने र महासंघका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा