सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । स्विट्जरल्याण्डको जेनेभामा आयोजित विश्व व्यापार संगठनका सदस्यहरुले अमेरिकी भन्सार शुल्कले विश्वव्यापी व्यापारमा बाधा पुर्याएको भन्दै आलोचना गरेका छन् ।
संगठनको दोस्रो महापरिषद्को बैठकमा बोल्ने सदस्यहरुले अमेरिकी नीतिको आलोचना गर्नुका साथै बलियो बहुपक्षीय व्यापार प्रणालीको लागि आह्वान समेत गरे ।
मंगलबारदेखि बुधबारसम्म चलेको बैठकमा अमेरिकाको एकतर्फी भन्सार नीतिले सबै संगठनका सदस्यहरू प्रभावित भएको बताएका छन् । यसका साथै, पारदर्शिताको अभावले विश्वव्यापी व्यापार अनिश्चितता बढाएको छ, आपूर्ति शृङ्खलाहरू अवरुद्ध गरेको, आर्थिक लागत बढाएको छ र खण्डित व्यापार नियमहरूको जोखिम निम्त्याएको जनाइएको छ ।
युरोपेली संघले संगठनको को पारदर्शिता संयन्त्रहरूको पूर्ण उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । सो क्रममा विश्व व्यापार संगठनका सदस्यहरूलाई ऐक्यबद्धता र सहयोगलाई सुदृढ पार्न, साहसिक सामूहिक कार्यहरू गर्न र वर्तमान विश्वव्यापी व्यापार अवस्थालाई प्रभावकारी रूपमा सम्बोधन गर्न संगठनलाई सुधार गर्नुपर्ने धारणा राखे ।
संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, जापान, ब्राजिल, इन्डोनेसिया र मलेसिया लगायत दर्जनौं सदस्य राष्ट्रका प्रतिनिधिहरूले अमेरिकाको एकपक्षीय भन्सार नीतिको आलोचना गरेका थिए । (सीसीटीभीप्लस)
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा