सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार १६ दशमलव ९५ अङ्कले घटेर २ हजार ६७६ दशमलव १७ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३२० वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरे हिमालयन रिइन्सुरेन्सको ६४ करोड २५ लाखको शेयर किनबेच भयो ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स र होटल समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा