सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जाजरकोटा, ११ माघ । जाजरकोटामा एक १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाँउपालिकाकी तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको हो ।
बिहीवार साँझ खेल्ने क्रममा ती बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । चार कक्षामा अध्ययनरत बालक भिनाजुको घरमा पाहुन गएका थिए ।
बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जाजरकोट प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा