सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । इन्ड्राइभ सिटी टू सिटी सेवाको दुरुपयोग गरी महिला यात्रीप्रति यौन दुर्व्यवहार गरेको आरोपमा २५ वर्षीय प्रबिन बराल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले प्राप्त सूचनाका आधारमा खोजतलास गर्दै चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ बाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार, महिला यात्रीले इन्ड्राइभ सेवा बुक गर्दा प्राप्त मोबाइल नम्बरको दुरुपयोग गरी प्रबिनले सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको पाइएको छ। यसबाहेक, उनले विगतमा पनि इन्ड्राइभ सिटी टू सिटी सेवा मार्फत विभिन्न यात्रुहरूसँग अग्रिम रकम लिई सम्पर्कविहीन हुने गरेको तथ्य समेत खुलेको छ।
पक्राउ विवरण:
प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी राखेको छ। घटनाले इन्ड्राइभ सेवा प्रयोगमा सावधानी अपनाउनुपर्ने विषयमा सर्वसाधारणको ध्यानाकर्षण गराएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा