सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ पौष । युनिलिभर नेपालको लोकप्रिय ब्रान्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजनका लागि मुख्य प्रायोजन गर्ने भएको छ । आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले भ्वाइस अफ नेपालको नयाँ सिजन– ६ का लागि प्रायोजन गर्ने गरी सम्झौता भएको युनिलिभर नेपालले जनाएको हो ।
नेपाली संगीत क्षेत्रको एउटा ठूलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै क्लोजअपले नयाँ प्रतिभाहरूलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको बताइएको छ ।
भ्वाइस अफ नेपालले नयाँ र फ्रेस गायक–गायिकाहरुको प्रतिभा उजागर गर्दै उनीहरूलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउँदै आइरहेको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगीहरूमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ ।
युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जितले भने, ‘क्लोजअप सधैँ आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।’
यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरु उजागर गर्ने कम्पनीको विश्वास छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा