सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , २२ असार। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दोस्रो पटक विश्वासको मत पाएका छन् । शनिवार बसेको प्रदेशसभा बैठकमा १०१ जना सांसदमध्ये ६७ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् ।
३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरे । संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंहले बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा