सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२, काठमाडौं : भरतपुर वडा नम्बर १९ को फैसला आज दुई बजे आउने भएको छ । मतगणना सुचारु गर्नुपर्ने मागसहित आइतबार सर्वोच्च आदालतमा परेको रिट निवेदनको सुनुवाई आज दुई बजेपछि हुने भएको हो ।उक्त मुद्वाको बेञ्च न्यायाधिश चोलेन्द्र शमशेर जवराको इजलासमा परेको छ । चोलेन्द्रको एकल इजलासले सभंवत आजै उक्त मुद्वाको किनारा लगाउने छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो ।
सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो । उक्त रिटको पेशी सोमबारका लागि तोकिएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर १९ मा च्यातिएका मतपत्र बदर गरी मतगणना सुचारु गर्न ध्यानाकर्षण गराउँदै संसद अबरुद्ध गरिरहेको छ । मतगणना चलिरहेको बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा