सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १९ , काठमाडौं- नेपाली बजारमा सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा २ सय रुपैयाँ बढेको सुन आज भने ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको भाउ प्रतितोला ५४ हजार ६ सय रुपैयाँ छ । हिजो सुनको भाउ प्रतितोला ५४ हजार ९ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजार भाउमा तलमाथि भइरहेकाले नेपाली बजारमा समेत सुनको भाउ तलमाथि भइरहेको महासंघले जनाएको छ । आज बजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ सस्तो भएको छ । हिजो तोलाको ७ सय ७० रुपैयाँ रहेको चाँदी आज ७ सय ६५ रुपैयाँ छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा