सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ७ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृ सङ्गठन किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ । शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरीय भेलाबाट यामप्रसाद आचार्यको अध्यक्षता १३ सदस्यीय समाजवादी किसान महासङ्घ गठन भएको हो ।
त्यस्तै सोही भेलाबाट हस्तबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समाजवादी खस सङ्घ, नेपाल गण्डकी प्रदेश समिति गठन गरिएको हो ।
पार्टीका राजनीतिक समिति सदस्य एवं समाजवादी खस सङ्घका केन्द्रीय अध्यक्ष प्रेमनारायण थापा प्रमुख अतिथि थिए । पार्टीका राजनीतिक समिति सदस्य निर्मल जिसी महेन्द्रले समितिको नामावली घोषणा गरेका थिए ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ, केन्द्रीय सदस्य एवं समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्साल पार्टीका प्रदेश समिति अध्यक्ष गोपाल गुरुङलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा