सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, जेठ १७ – मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो। हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि दुई सय ४० मिटर सडक सर्वेक्षण गरिएको सो आयोजनाको इटहरीस्थित कार्यालय इन्जिनियर उपेन्द्र दासले जानकारी दिए । “३० मिटर चौडा सडक निर्माणका लागि २६ घरधुरीको जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ” उनले भने, “त्यसमध्ये चार वटा सरकारी जग्गा पनि परेको छ ।”
जिल्ला प्रशासन कार्यालयको निर्णयबमोजिम कालोपत्रे सडकले छोएको जग्गाका धनीलाई प्रतिधुर दुई लाख र सडकले नछोएको घरधनीलाई प्रतिधुर एक लाख ७५ हजार रुपैयाँका दरले मुअब्जा दिइनेछ । जग्गा अधिग्रहण गर्दा सबै जग्गा बाटोमा पर्ने घरधनीलाई भने २० प्रतिशत थप गरी मुआब्जा उपलब्ध गराइने इन्जिनियर दासले बताए।
मुआब्जाका लागि सम्बन्धित घरधनीले भद्रपुर नगरपालिकामा निवेदन दिइसकेको र सोहीअनुसार रकम उपलब्ध गराइने भएको छ । अधिग्रहणका क्रममा परेको घरको मूल्याङ्कन दोस्रो चरणमा रकम उपलब्ध गराइने बताइएको छ । रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा