सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ चैत । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा