सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ फागुन । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ ।
पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन् । शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आइपुगेका छन् । यसवर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तस्बिर : बिजेन अमात्य/नेपाल न्यूज बैंक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा