सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, ११ जेठ । नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार यही जेठ १५ गते सैन्य भर्नाको प्रवेश अनुमतिपत्र ल्याउने र असार २ गतेदेखि तालिममा सहभागी गराउने भन्दै युवासँग प्रतिव्यक्ति रु दुई लाखका दरले रकम उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । उठाइएको रु एक लाख ५० हजारसमेत सुनुवारबाट बरामद गरिएको छ । उनले छ÷सातजनासँग रकम ठगी गरेको प्रहरीको अनुमान छ । रासस
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा