सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १७ कार्तिक । यूएईलाई हराउँदै नेपाल २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।
आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएर विश्वकपको यात्रा तय गरेको हो । नेपाल र यूएईको छनोटको सेमिफाइनल खेल हेर्न मुलपानी क्रिकेट मैदानमा उल्लेख्य समर्थकको उपस्थिति रहेको थियो । उनीहरुले नेपाली झण्डा, छक्का चौका लेखेको प्लेट, विभिन्न समर्थक प्लेट लगायत लिएर मुलपानी क्रिकेट मैदानमा पुगेका थिए ।
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा