यज्ञराज उपाध्याय सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १० असोज । फुटपाथ व्यवसायीका लागि नौं दिनदेखि उभिएर सत्याग्रहमा रहेका अभियन्ता ईःलगायतको मागलाई जायज भन्दै समर्थनमा रहेका पूर्वप्रधानमन्त्रीदेखि अहिलेका नेताहरुलाई काठमाडौं महानगरका मेयर बालेन शाहले गम्भीर प्रश्न गरेका छन् ।
र्ईःको माग जायज भन्ने पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, बाबुराम भट्टराई, पुर्व उपप्रधानमन्त्री कमल थापा, गगन थापा, रास्वपा नेता स्वर्णिम वाग्ले लगायतलाई काठमाडौं महानगरका मेयरले कसलाई जायज र कसलाई नाजायज भन्ने भन्ने किन नछुटेयाएको भन्दै गहन प्रश्न गरेका छन् ।
बुधबार बेलुका सामाजिक सञ्जालमा सात बुँदे भनाई राख्दै सातौं नम्बरमा उनीहरुमाथि आक्रोशित हुँदै अभियन्ता ईःले उठाएका जायज मागहरु पूरा गर्न नसकिने ऐन कानुन बनाउने आफैले त्यतिबेला अहिलेको वैधानिक प्रावधानका विरुद्धमा ‘नोट अफ डिसेन्ट’ किन नलेखेको भन्दै प्रश्न गरेका गर्दै त्यसो नभए उनीहरुले कानुनी प्रावधानका बारेमा बुझाउन सक्नुपर्ने मेयर बालेनले जिकिर गरेका छन् ।
‘जायज मागहरु पुरा गर्न नसकिने ऐन कानुनहरु बनाउने उहाँहरु नै हुनुहुन्थ्यो त । त्यति बेला उहाँले अहिले रहेको वैधानिक प्रावधानका विरुद्धमा नोट अफ डिसेन्ट खोइ लेख्नु भएको,’ मेयर बालेन भन्छन्, ‘त्यसो होइन भने उहाँहरुले त्यो प्रावधानका बारेमा बुझाउनु पर्थ्यो । तर त्यसो गर्नु भएन । कानुनी प्रावधान सहि नलागे संशोधन गर्न पाउने अधिकार भएको मानिसहरुमा उहाँहरु पनि पर्नु हुन्छ, खोइ त्यसको लागि पहल गर्नु भएको’
उनले जायज मागहरु पूरा गर्नेपर्ने उनीहरुको तर्क राजनैतिक बेइमानी देखिएको बताएका छन् । मेयर बालेनले आफै कानुन बनाउने ठाउँमा भएको तर त्यो बारे खोइ स्पष्ट कानुन बनाएको, खोइ त्यो बारे प्रयत्न गरेको भन्दै सस्तो लोकप्रियताका लागि जायज माग पूरा गर भन्ने सतही कुरा गरेको तर यो जायज त्यो नाजायज भनेर खोइ छुट्याएको भन्ने प्रश्न तेर्स्याएका छन् ।
बालेनले लेखेका छन्,‘जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा, स्वर्निम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौँ । उहाँहरु नियम बनाउने ठाउँमा हुनुहुन्छ तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको ? खोइ त्यो बारेमा प्रयत्न गर्नु भएको ? सस्तो लोकप्रियताका लागि जायज माग पुरा गर् भन्ने सतही कुरा गरि त दिनु भयो तर यो माग जायज र यो नाजायज भनेर उहाँहरुले खोइ छुट्याउनु भएको ?’
अभियन्ता ईः महानगरले हटाएका फुटपाथ व्यवसायीलाई समय र ठाउँ तोकेर व्यवसाय गर्न दिनुपर्ने भन्दै महानगरको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडी उभिएर सत्याग्रहमा छन् । मंगलबार एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महानगरबाट गरिब नभएर गरिबी हटाउनुपर्ने भन्दै अभियन्ता ईःको माग वार्ताबाट हल गर्नुपर्ने बताएका थिए ।
त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले उनीसँग महानगरले छिट्टै वार्ता गर्नुपर्ने भन्दै वार्ताबाटै समाधान निस्कने बताएका थिए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा