सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ भाद्र । एसिया कपमा नेपालको दोस्रो खेल भारतसँग खेल्दैछ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतबिरुद्ध ब्याटिङमा उत्रेको नेपाललाई हजारौँ नेपाली दर्शकहरुले समर्थन गरेका छन् ।
नेपाल तथा विदेशमा रहने नेपाली समर्थकहरु भारतबिरुद्धको क्रिकेट हेर्न श्रीलंका पुगेका छन् । उनीहरु नेपालको राष्ट्रिय झन्डा बोकेर, नेपाली क्रिकेटरको जर्सि लगाएर, अनुहारमा नेपालका झन्डा कोरेर श्रीलंकाको क्यान्डी क्रिकेट स्टेडियम पुगेका छन् । खेल चलिरहँदा समर्थकहरुको समर्थनको आवाजले नेपाली खेलाडीहरुलाई हौसला दिइरहेका छन् ।
क्यान्डी स्टेडियममा नेपालको तुलनामा भारतका समर्थकहरु नगन्य मात्रामा देख्न सकिन्छ । नेपाली क्रिकेट टोलीलाई हौसला दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सांसद रबि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, राखेपाका पदाधिकारी, क्यानका पदाधिकारी, नेपाली फिल्मकि अभिनेत्री बर्षा शिवाकोटी, क्रिकेटमा कार्यरत विभिन्न ब्यक्तिहरु लगायत हजारौँ दर्शक श्रीलंका पुगेका छन् ।
क्यान्डी स्टेडियममा नेपालबाट बिदेशमा रहेका नेपाली फ्यानहरु समेत पुगेका छन् ।
पहिलो पटक एसिया कप खेलेको नेपालको दोस्रो खेल भारतसँग खेल्दैछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै, भारतको पाकिस्तानसँगको पहिलो खेल वर्षाले प्रभावित भएको थियो । नेपाल र भारतले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछन् । यो खेल जित्ने टोली सुपर फोरमा पुग्ने छ । भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
तस्विरहरु : क्यान, एशियन क्रिकेट काउन्सिल
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा