सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि। एसिया कप २०२३ को उद्घाटन समारोहमा पाकिस्तानकी गायिका आइमा बेग र नेपालकी गायिका त्रिशाला गुरुङले आफ्नो प्रस्तुति दिएका थिए । दुवै गायकले आफ्नो प्रस्तुतिले सबै फ्यानको मन जितेका थिए । मुल्तानमा नेपाल र पाकिस्तानबीचको खेलसँगै एसिया कप सुरु भएको छ । एसिया कप २०२३ पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । ६ टोलीबीच जम्मा १३ खेल हुनेछन् । जसमध्ये चार खेल पाकिस्तानमा र बाँकी ९ खेल श्रीलंकामा हुनेछन् । भारतीय टोलीले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ।
त्रिशला गुरुङले आफ्नो स्वरले रंगशालामा उपस्थित सबै फ्यानलाई मन्त्रमुग्ध बनाइन् । उनले आफ्नो गायनले पाकिस्तानमा धेरै नयाँ फ्यान पनि बनाएका छन् । खेलअघि उनको स्वरले दर्शकको उत्साहलाई चार गुणा बढायो ।
त्रिशला गुरुङ नेपालमा निकै चर्चित छिन्, उनले धेरै सुपरहिट गीत गाएकी छिन् तर यो कार्यक्रमबाट उनले पाकिस्तानमा आफ्नो पहिचान बनाएकी छिन् र रंगशालामा आफ्नो आवाजको जादु फैलाएकी छिन् ।
स्वरका अलावा त्रिशाला आफ्नो सुन्दरताका कारण पनि चर्चामा आएकी छिन् । उनका धेरै तस्विरहरु सामाजिक सञ्जालमा शेयर भएका छन् ।
कार्यक्रममा पाकिस्तानकी चर्चित गायिका आइमा बेगले पनि आफ्नो स्वर दिएकी थिइन् । उनको अभिनयलाई पाकिस्तानी फ्यानहरुले निकै रुचाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा