सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ असार । दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा ‘प्रोजेक्ट नजिक’ सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले’प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक गरेका छ्न ।
रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको ‘काँचो माया’ मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ ।गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाइ आउटडुर छायांकन अन्तर्गत एउटा सुन्दर गाउमा खिचिएको छ । चेरिसा बज्राचार्यको कन्सेप्टमा तयार पारिएको भिडियोलाई सुब्रतराज आचार्य ले निर्देशन गरेका जसमा उत्सव दाहालको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा