सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ चैत । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
बागमती प्रदेशको ठूलो दलको हैसियतले कांग्रेसले नेतृतव लिनुपर्ने अडानपछि आलोपालो सरकारको नेतृत्व गर्ने गरी विश्वासको मत दिन लागेको हो । तर, यस विषयमा गठबन्धन दल बिच सहमति भईसकेको भने छैन ।
प्रदेशसभामा मूख्यमन्त्री जम्कट्टेलले आज बुधबार विश्वासको मत लिने तयारी गरेका थिए। कांग्रेसका सांसदहरू काठमाडौं आएपछि प्रदेशसभा बैठक चैत १० गतेसम्मका लागि स्थगित भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा