सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ ,काठमाडौं – नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ आज भने घटको हो । आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारेवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताको शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर कारोवार भएको सुन आइतबार फेरी ४ सय रुपैयाँ बढेर ५४ हजार ६ सय रुपैयाँ पुगेको थियो । महासंघका अनुसार सोमबार चाँदीको भाउ समेत तोलामा ५ रुपैयाँ कम भएको छ । अघिल्लो दिन प्रतितोला ८ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज भने ८ सय ५ रुपयाँमा झरेको हो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा