सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । चैत १९, बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदलीभएको मौसम अझै केही दिन जारी रहने विज्ञहरुले बताएका छन् । उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बङ्गाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले राससलाई जानकारी दिनुभयो ।
“यो केही दिन रहन्छ, काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य भेगमा दिउँसो र साँझपख हल्का वर्षात हुने सम्भावना छ, पश्चिमी भेगमा कुनै समस्या छैन,”–उहाँले भन्नुभयो । यसअघि पश्चिमी वायु र स्थानीय वायुको समिश्रणले साता दिन बढी मौसम बदलीसँगै देशका पूर्वी र मध्य भेगका विभिन्न स्थानमा वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम १६ डिग्रिसेल्सियस रहेको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा