सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बिराटनगर । १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ नं. प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने २ जना प्रहरी कार्मचारीहरुलाई मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको छ ।
मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरीमा इलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा कार्यरत प्रहरी निरीक्षक राजाराम खड्का र प्रहरी चौकी कप्तानगञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान राजेश कुमार साह रहेका छन ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने दुबै प्रहरी अधिकृत तथा जवानलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
निजहरुले जवरजस्ती करणी, चोरी पठारी लगायत विभिन्न अपराधिक घटना र अवैध लागुऔषध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै पिडित पुनः भेटघाट कार्यक्रम संचालन गरी पिडितको घरमै गएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श दिई नागरिकहरुमा सुरक्षाको अनुभूति दिलाई आम नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने गरी प्रशंसनीय कार्य गरकोले उत्कृष्ट कार्यको उच्च मुल्याङ्कन गर्दै मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा