सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , १४ वैशाख । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।
जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा खुलाइएको छैन ।
सेभेन सिज सिनेमाजले निर्माण गर्ने फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ ।
निर्माण पक्षले यसअघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । फिल्म २०८२ मा दर्शकमाझ आउनेछ ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र रमेश चौलागाईं तथा हरि श्रेष्ठ कार्यकारी निर्माण रहनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा