सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ बैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलगिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ।
अशोक राईको नेतृत्वमा ‘जनता समाजवादी पार्टी छोटकरीमा ‘जसपा’ दर्ता भएको हो। पार्टी दर्ताका लागि राई लगायत प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए।
राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीका आधारमा नयाँ पार्टी दर्ता गर्ने निर्णय भएको आयोगले जनाएको छ । आयोगले राई लगायत नेतालाई आज दल दर्ताको प्रमाणपत्र दिएको छ।
जसपा नेपालका संघीय परिषद् अध्यक्ष राई सहित सात सांसदले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। नयाँ गठन भएको जसपाको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ, केन्द्रीय अध्यक्षमा अशोक राई, सहअध्यक्षमा रेणु यादव, उपाध्यक्षमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ छन्।
त्यस्तै, महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो छन्।
यसैगरी, केन्द्रीय सदस्यमा आङकाजी शेर्पा, मोहनलाल चौधरी, कृष्णबहादुर धुजू, लालबहादुर तामाङ, राधा तिमिल्सिना, सीमा सिंह, कमला विश्वकर्मा, शोभा बज्राचार्य, प्रमोद गुप्ता, पारस साह, पञ्चलाल महर्जन, केशव पौडेल, मनिकर कार्की, राजेशमान सिंह, हसिना खान, नानु थामी, हेमन्तराज भण्डारी माण्डव्य र पिंकीदेवी यादव छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा