सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आयुर्वेद चिकित्सक
आयुर्वेद मतानुसार हरेक ऋतुमा गरिने क्रियाकलाप, खानपान तथा रहन सहनलाई ‘ऋतुचर्या’ भनिन्छ । एक स्वस्थ व्यक्तिले ऋतु अनुसार जुन आवस्यक आहार-विहार गर्दछ उ सदैव स्वस्थ रहन सक्दछ भने ऋतु अनुसारकाे विरुद्ध आचरण गर्दछ भने राेगले ग्रस्त बन्न सक्छ, तसर्थ ऋतु अनुसार एक स्वस्थ व्यक्तिले उपयुक्त आहार तथा आचरण गर्नु पर्दछ ।
भगवान् धन्वन्तरीले ऋतु अर्थात् समयलाई ‘स्वयम्भू’ रुप मानेकाछन् अर्थात् जस्काे कुनै उत्पत्ति नै हुँदैन, जस्काे शुरु, मध्य तथा अन्त्य भन्ने नै हुँदैन साथै सम्पुर्ण उत्पत्ति, परिवर्तन र अन्त्य यसैकाे अधिनस्थ हुन्छ ।
सम्वत्सर अर्थात् वर्षमा बाह्र (१२) महिना रहन्छन्, दुई महिनाकाे एक ऋतु गरेर एक वर्षमा छ छ वटा ऋतु विद्यमान रहन्छ र क्रमश: घुमिरहन्छन् । हरेक ऋतुकाे अन्तिमकाे १ सप्ताह र आगामि ऋतुकाे पहिलाे एक सप्ताह गरि पन्ध्र दिनकाे समयलाई ऋतु सन्धिकाल भनिन्छ, याे सन्धिकालमा दुवै ऋतुकाे मिश्रित गुण रहन्छ । जुन् ऋतुहरु निम्नानुसार छन्: –
१. शिशिर ऋतु (माघ र फाल्गुण)
२. वसन्त ऋतु (चैत्र र वैसाख)
३. गृष्म ऋतु (जेष्ठ र आषाढ)
४. वर्षा ऋतु (श्रावण र भाद्र)
५. शरद ऋतु (असाेज र कार्तिक)
६. हेमन्त ऋतु (मंसिर र पुष)
उपराेक्त मध्ये शिशिर, वसन्त र गृष्म ऋतुमा सूर्य उत्तर दिशामा गमन गर्ने (जाने) हुँदा याे ६ महिनाकाे समयलाई उत्तरायण अर्थात् ‘आदानकाल’ भनिन्छ भने बर्षा, शरद र हेमन्त ऋतुमा सूर्य दक्षिण दिशामा गमन गर्ने हुँदा याे ६ महिनाकाे समयलाई दक्षिणायन अर्थात् ‘विसर्गकाल’ भनिन्छ ।
आदानकाल:
याे समयमा शिशिर, वसन्त तथा गृष्म ऋतुहरु पर्दछन् । सूर्य उत्तरायण भएर रहन्छन्, याे समय आग्नेय अर्थात् अग्नि गुण प्रधान रहन्छ। हावा अत्यन्त रुखाे वग्दछ, चन्द्रमाकाे प्रभाव कमजाेर हुन्छ तथा सूर्यकाे प्रभाव वलवान हुन्छ । सू्र्य तथा वायुले प्रकृति तथा शरीरवाट जलियांश तथा शक्तिकाे शाेषण गरेर लिन्छन् साथै प्रकृतिमा रुखाे गुण र पिराे, तिताे तथा टर्राे जस्ता रसहरुकाे प्रधानता रहन्छन् र प्रकृति र सम्पुर्ण जीव जगतमा क्रमश: दुर्वलता उत्पन्न गराउँछन् ।
विसर्गकाल:
याे समयमा वर्षा, शरद तथा हेमन्त ऋतुहरु पर्दछन् । सूर्य दक्षिणायन रहन्छन् । याे ६ महिनाकाे कालमा साैम्य अर्थात् शितल गुणकाे प्रधान रहन्छ । हावामा रुखाेपना न्युन रहन्छ, चन्द्रमाकाे वल अधिक रहन्छ भने सूर्यकाे वल क्षीण हुन्छ । चन्द्रमाले चराचर सृष्टीलाई आफ्नाे शितलता तथा शीतकाे प्रभावले तृप्त गराउँछन् ।
याे समयमा स्निग्ध (चिल्लाे) गुण तथा गुलियाे, अमिलाे तथा नुनिलाे रसकाे प्रधानता रहन्छ । शरीरमा वलकाे प्राप्ति निरन्तर वृद्धि हुँदै जान्छ ।
स्वस्थ व्यक्तिले समयानुकुल रहेर निम्न ऋतुमा निम्नानुसारकाे आहार तथा आचरण गर्नु पर्दछ ।
हेमन्त ऋतु (मंसिर र पुष):
आयुर्वेदमा उल्लेख भए अनुसार याे समयमा उत्तर दिशा तर्फ शितल हावा चल्ने, आकासमा सदैव धुँवा र धूलाे भरिएर रहने, वादल, हिमपात तथा ओसले गर्दा सुर्य छाेपिएर रहने, जलासयकाे माथिल्लाे तह हिउँले ढाकिने, नदिनालाकाे पानिवाट वाष्प निस्कने, पशु पंक्षीहरु आनन्दित रहने हुन्छ । महर्षि चरकले ‘चरकसंहिता’मा हेमन्त ऋतुकाे वारेमा निम्नानुसार उल्लेख गरेमा छन्:
शीते शीताबिलस्पर्शसंरुद्धाे बलिवां बली ।
पक्ता भवति हेमन्ते मात्राद्रव्यगुरुक्षम: ।।
स सदा अन्धनं युक्तं लभते देहज तदा ।
रसं हिवस्त्यताे वायु: शीत शीते प्रकुप्यति ।।
हेमन्त ऋतुमा चिसाे पना अत्यधिक रहने भएकाले वायुकाे स्पर्शका कारण शरीरकाे रक्त वाहिनि नलि तथा शिराहरुमा आन्तरिक संकाेच पैदा हुन्छ, शित ऋतुकाे प्रभावले छाला तथा पसिनाका ग्रन्थिमा कठिनता वन्न जान्छ, काेष्ठमा (प्रमुख अंगकाे आसय स्थल) अग्निवल बढदछ फलस्वरुप शरीरकाे तापमान, अग्निवल, उर्जा तथा जलियांश रक्तमा स्थित भएर रहन्छ र रक्तभार तथा शरीरकाे वल समेत बृद्धि हुन जान्छ ।
यसर्थ शरीरकाे पाचन शक्ति (जठराग्नि) शक्तिशाली तथा प्रवल हुन पुग्छ र उक्त अग्निवल तथा पाचन शक्तिले गरिष्ठ, भारी, चिल्लाे तथा कठिन आहारा पचाउन सक्षम हुन्छ साथै धात्वाग्नि र भुताग्नि (cellular metabolism)मा पनि तिव्रता पैदा हुन्छ ।
तथापि शारीरिक शक्ति सम्पन्न व्यक्ति तथा उसकाे शक्तिशालि अग्निवलले आवस्यक आहार तथा उर्जा नपाएमा शरीरमा स्थित प्रथम ‘रस’ धातुलाई नै जलाउंदछ र यसका कारण वातदाेष प्रकुपित हुन जान्छ फलस्वरुप वात राेग, शरीरमा पिडा, सन्धिहरुमा कडापन जस्ता सम्वद्ध ब्याधि समेत उत्पन्न गर्न सक्ने हुन जान्छ ।
हेमन्त ऋतुमा आवस्यक खानपान:
याे ऋतुमा स्निग्ध पदार्थ जस्तै ध्यु, तेल आदिमा तयार गरिएकाे खानपान, ताजा खालका गुलियाे, नुनिलाे तथा अमिलाे रस युक्त आहारा तथा दुधवाट तयार गरिएका खानेकुरा निरन्तर सेवन गर्नु हितकर हुन्छ ।
गुड, खुदाे, मह, नयाँ चामलकाे भात, मासकाे दाल, ताताे पानिकाे समुचित प्रयाेग लाभकार मानिन्छ ।
याे ऋतुमा मद्य, सुरा तथा मांसरसकाे आवस्यक प्रयाेग दिर्घायु तथा स्वस्थ शरीरकालागि प्रभावकारी मानिन्छ । हाल जाडाे याममा परम्परा, उत्सव तथा पर्वकाे नाममा घ्यु, चाकु, तिलवाट वनेका परिकार, खीर, सखरखण्ड, तरुल, मह तथा भेली र गुडवाट बनेमा परिकार खाने प्रचलन पनि रहि आएकाे छ ।
हेमन्त ऋतुमा आवस्यक जीवनशैलि (दिनचर्या):
याे समयमा प्रतेक दिन प्रातकालमा सम्पुर्ण शरीरमा तेलकाे मालिस, शीरमा तेलकाे लेपन गर्नु पर्दछ । कहिले काहिं सम्पुर्ण शरीरवाट पसिना निस्कने गरि स्वेदन कर्म (पसिना निकाल्ने काम) गर्नु पर्दछ । घाम ताप्ने, न्यानाे र धेरै हावा नछिर्ने माटाे आदिले वनेका काेठा तथा घरमा रहने गर्नु पर्दछ । न्यानाे कपडा लगाउने तथा आवस्यक मैथुन क्रिया पनि याे ऋतुका लागि उपयुक्त मानिन्छ ।
रसायन (औषध सेवन):
हेमन्त ऋतुमा आधा चम्चा हर्राेकाे चुर्ण तथा आधा चम्चा सुठाेकाे चुर्ण मिसाएर मह वा ताताे पानि संग खाना पछि नियमित सेवन गर्नु हितकारी हुन्छ ।
निशेध:
याे समयमा चिसाे गुण भएका वातवर्धक आहार विहार गर्नु हुँदैन । छिटाे पच्ने हलुका आहार, उपवास, सातुकाे सेवन, धेरै यात्रा, तिव्र गतिकाे सवारी, तिव्र हावामा सयर आदि अनुपयुक्त रहन्छ । पिराे, तिताे तथा कसाय (टर्राे) रस भएका चिजहरु अधिक प्रयाेग गर्नु हुँदैन ।
शिशिर ऋतु (माघ र फाल्गुण)
हेमन्त ऋतु दक्षिणायन अर्थात् विसर्गकालमा रहने भएकाले शरीरमा वल, वर्ण, स्निग्धता ( चिल्लाेपना) अधिक रहन्छ तर शिशिर ऋतु उत्तरायण अर्थात् आदानकालमा पर्ने भएकाले शरीर तथा छालामा रुखाे पन, प्रकृतिमा क्रमश सुख्खापन तथा शरीरकाे वल क्षीण हुँदै जान्छ ।
आयुर्वेदका महर्षि वाग्भट्टका अनुसार:
शिशिरे शीतमधिकं मेघमारुत वर्षजम् ।
राेक्ष्यं चादानजं तस्मात्कार्य: पुर्वाधिकं विधि ।।
अर्थात् सामान्य रुपमा हेमन्त ऋतु तथा शिशिर ऋतु समान हुन्छन् तथापि शिशिर ऋतु आदानकालमा पर्ने भएकाले रुखाे पना बढ्दछ । वादल, वायु तथा वर्षाका कारण विशेष प्रकारकाे ठण्डि अझ वढ्दछ, यस कारण शिशिर ऋतुमा पनि हेमन्त ऋतुकाे समान आहार विहार तथा आचरण गर्नु पर्दछ ।
खास गरि अधिक हावा नचल्ने न्यानाे स्थानमा रहनु पर्दछ ।
रसायन (औषध सेवन):
आधा चम्चा हर्राेकाे चुर्णमा आधा चम्चा पिप्लाकाे चुर्ण मिसाएर गुड (भेली)काे साथमा सेवन गर्नु पर्दछ ।
निशेध:
माथि उल्लेखित हेमन्त ऋतुकाे समान कुराहरु याे समयमा निशेध गरिएकाे छ, याे समयमा पनि पिराे, तिताे तथा कसाय (टर्राे) रस भएका चिजहरु अधिक प्रयाेग गर्नु हुँदैन । वात वढाउने हलुका आहार तथा विहार, शितल तथा चिसाे गुण भएका अन्नपान त्याग गर्नु पर्दछ ।
(पुनश्च : यहाँ निर्देश गरिएकाे आचरण तथा आहार, विहार र औषध स्वस्थ व्यक्तिका लागि मात्र हाे, विरामी तथा राेग ग्रस्त र उपचारमा रहेका व्यक्तिले चिकित्सकिय परामर्शमा रहेर नै आफ्नाे गतिविधि सञ्चालन गर्नु पर्दछ।)
लेखक चिकित्सकका रुपमा मातामनकामना आराेग्य केन्द्र संग आवद्ध हुनुहुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा