सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १४ । बंगलादेशमा जारी एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ । नेपाल पहिलो खेलमा सोमबार पाकिस्तानी २३ वर्षमुनिको टिमसँग ६ विकेटले पराजित भएको हो ।
कक्स बजारस्थित शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा १८० रन बनायो ।
सुनील धमलाले सर्वाधिक ४३ रन जोड्दा शरद भेषावकरले ३८ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ललाई २ रनमै गुमाएको नेपालको इनिङमा चौथो विकेटका लागि धमला र भेषावकरले ७९ रनको साझेदारी गरे । विनोद भण्डारीले २४ तथा आरिफ शेखले अविजित रहँदै १८ रन जोड्दा नेपालले अतिरक्तकारुपमा ३४ रन पाएको थियो ।
पाकिस्तानका गुलाम मुदासरले सर्वाधिक ५ विकेट लिए । जवाफमा पाकिस्तानले ४५ ओभर १ बलमै ४ विकेटको क्षतिमा विजय हासिल गर्यो । ओपनिङ ब्याट्सम्यान इमाम उल हकले अविजित रहँदै १०४ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेले २/२ विकेट लिए । समूह ‘बी’मा रहेको नेपालले अब मंगलबार बंगलादेशसँग खेल्नेछ । यसैगरी, समूहको अन्तिम खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको समूह ‘ए’मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् ।
तस्वीर सौजन्यः रमन शिवाकोटी ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा