सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोजपुर– भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले दाबी गरेको छ। गत चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभर औषधि खुवाइएको थियो।
औषधि एक लाख ५० हजार चार सय ९५ जनालाई खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए। दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा औषधि खुवाउनका लागि दुई सय ३५ स्वास्थ्यकर्मी र एक हजार एक सय तीन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जनाए।
भोजपुरमा कुल जनसंख्याको ७ प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा