सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण चैत २६ गतेबाट आयोजना हुने भएको छ ।
बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक गोल्डकप ट्रस्टले २६ चैतबाट विराट गोल्डकप फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।
आयोजक समिति संयोजक मनोजविक्रम शाहका अनुसार रात्रिकालीन आयोजना हुने उक्त प्रतियोगिता ४ वैशाखमा समापन हुने छ ।
प्रतियोगितामा नेपाल, भारत र क्यामरूनका दस टोली सहभागी हुने छन् ।
क्यामरूनको अफ्रिकन रुट्स एसोसियसन टिम र झारखण्डको टाटा एकेडेमीले पहिलोपटक विराट गोल्डकप खेल्ने छन् ।
यस्तै भारतको पुलिस पञ्जाव, नेपालबाट ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, विभागीय टोलीद्वय नेपाल पुलिस क्लब, सशस्त्रको एपिएफ क्लब पनि सहभागी हुने छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा