सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सामाजिक संजाल फेसबुकमा जब भ्याकेन्सिको पेज बनाई रकम ठगी गर्ने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले दोलखा जिरी नगरपालिका घर भई हाल काठमाण्डौँको काडाँघारीमा बसोबास गर्ने २३ बर्षिय शिब खड्कालाई पक्राउ गरेको हो ।
खड्काले बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा १५०० देखी ३५०० सम्म ई–सेवा मार्फत डिपोजिट गर्न लगाई ठगि गरेका थिए ।
४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका खड्कालाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।
महानगरीय अपराध महाशाखाले यस्ता खालका प्रलोभनबाट बच्नको लागी सबै सचेत हुन समेत हार्दिक अनुरोध गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा