सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी । पश्चिम् नवलपरासी सशस्त्र प्रहरी बल नेपाल २६न.गण प्रमुख एसपी महेश अधिकारीले लगातार अविरल बर्षा कारण जिल्ला बासिको जीवन स्तर कस्टकर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला मातहत बिओपी युनिट इन्चार्जहरु बाढी बाट प्रभावित नागरिकहरुलाइ उद्धार गर्न निर्देशन दिनु भएको हो।
जन्ता रक्षाको लागि सदैव तयार रहेको सशस्त्र प्रहरी र जब जब जन्ता माथी संकट आएको छ तब तब सशस्त्र प्रहरी फ्रन्टलाइन मा खटी नागरिक उद्धार गर्दै आएको छ। त्यसैगरी एसपी अधिकारी कै निर्देशनमा सशस्त्र प्रहरी बल बिओपि भुजहवाले जनताकाे दुखमा साथ दिदै ५ अस्थायी घर निर्माण सशस्त्र प्रहरी बल बिओपि इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्द नेतृत्वमा सशस्त्र प्रहरी भुजहवाले जनताकाे दुखमा साथ दिदै विस्थापित ५ अस्थायी घर निर्माण गरि हस्तान्तरण गरेको छ ।
नवलपरासीको सरावल गाउँपालिका स्थित बुडन्तवापुरमा ४ स्थायी घर तथा १ वटा भटवलियामा निर्माण गरि बस्नमा सहजता प्रदान गरेको हाे ।तिन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् ।सरावल गाउँपालिका वडा नं.५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ। वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् ।
तिन दिनदेखि परेक बर्षाका कारण साे क्षेत्र डुबान हुँदा मानिसहरुको दैनिकी समेत प्रभावित बनेको छ । पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।
डुवानका कारण सरावल गाउँपालिका वडा नं. ५ ,६ र ७ खडाैना ,मधवलिया, नाैडिहवा , भुजहवा ,गडाैरी कुर्थावल,पुसाैलि गरि ३० घर विस्थापित तथा पाल्हिनन्दन गाउँपालिका १ शंकरपुरमा करिब १५ घरहरुमा पानी पसेको छ भने शंकरपुरकाे पप्पु चाैधरीकाे घर भत्केको स्थानीय धनपाल चाैधरीले जानकारी दिनुभएको छ ।
घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी आउने तथा फाेहाेर पानीको कारणले गर्दा शरीर चिलाउने गरेको स्थानीयले जानकारी दिएका छन ।अहिले सम्म कुनै मानवीय क्षेती नभए पनि पशु चौपायामा भने ठुलो क्षेती भएको छ । विस्थापित घर परिवारलाई छिमेकी तथा सार्वजनिक स्थानमा सुरक्षीत साथ राखिएको र क्षेतीको विवरण संकलन गर्न कार्य भैरहेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा