सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ बैशाख । आज चैत शूक्ल पूर्णिमा, स्नान मेला लाग्ने ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारमा विशेष मेला लागेको छ । मेला भर्ना बिहानै देखि भत्तजनहरुको घुइचो लागेको छ । वैशाख पुर्णिमाका दिन लाग्ने यो मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् ।
तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उत्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ । आजका दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ । आजकैका दिन देखि बैशाख स्नान समेत सुरु हुने गरेको छ । मेला व्यवस्थापन मुल आयोजक समितिले स्नान गर्न आउने भत्तजनको सहजताका लागि चारवटा भन्दा बढि लाइन लगाएको छ । मेला चार दिन सम्म चल्ने छ ।
त्यस्तै, आजबाट चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ।
यो दिन हनुमान जयन्ती मनाइन्छ। वायु र अञ्जनीपुत्रका रूपमा जन्मेका हनुमान भगवान् रामका बाहनको रूपमा परिचित छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा