सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ला पाज । बोलिभियाका अधिकांश यौनकमीहरुले पञ्जा, ब्लिच र पारदर्शी रेनकोट लगाएर काम गर्न थालेका छन् ।
यौनकर्मीहरुको संगठन अर्गनाइजेसन अफ नाइट वर्कर्स अफ बोलिभियाले अघि सारेको यो सूत्रले आफूहरुलाई सुरक्षित राख्ने उनीहरुको भनाइ छ ।
दक्षिण अमेरिकी मुलुक बोलिभियामा वेश्यावृत्तिले कानुनी मान्यता पाएको छ र अनुमतिप्राप्त वेश्यालयमा यौन खरिदबिक्री हुन्छ ।
कोरोना रोक्ने उद्देश्यले मार्चको सुरुतिर लागू गरिएका प्रतिबन्धहरु केही खुकुलो बनाइएको छ । दिउँसो र रातिको कफ्र्यु कायमै रहेकोले वेश्यावृत्ति लगायत केही काम भने गर्न पाइँदैन ।
वानेसा दुई बच्चाकी सिंगल आमा हुन् । आफूलाई अध्ययन अघि बढाउन पैसा आवश्यक पर्ने उनी बताउँछिन् ।
‘हाम्रा ग्राहकले सुरक्षाको मुद्दालाई सम्मान गर्छन्, हामीले आफ्नो र उनीहरुको सुरक्षाका लागि यी उपायहरु अपनाउँछौं,’ उनी भन्छिन् ।
अर्की यौनकर्मी अन्टोनिएटा आफूले फेस मास्क, प्लास्टिक भाइजर, पञ्जा र रेनकोट प्रयोग गरिरहेको बताउँछिन् ।
उनले आफ्नो वेश्यालयको नाच्ने पोलमा ब्लिचको झोल छर्केर निःसंक्रमित गर्ने गरेको पनि सुनाइन् । ‘वायोसेक्युरिटी सुटले हामीलाई काम गर्न र सुरक्षित रहन सघाउँछ,’ उनले भनिन् ।
बोलिभियामा ५० हजार जनामा कोरोना भाइरस पुष्टि भएको छ र एक हजार आठ सय ९८ जनाको ज्यान गएको छ । गत साता मुलुकका अन्तरिम राष्ट्रपति जिनाइन अनेज चाभेजले आफूलाई कोरोना संक्रमण भएको भन्दै ट्विट गरेका थिए ।
ला पाजस्थित एक अनुमतिप्राप्त वेश्यालयका कर्मचारी कामदार र ग्राहकलाई सुरक्षित राख्न आफूहरुले त्यहाँका हरेक चिज नियमित रुपमा सफा गर्ने गरेको बताउँछन् ।
बोलिभियाको यौनकर्मी युनियनका प्रतिनिधि लिली कोर्टेस भन्छिन्, यो सबैका लागि कठिन समय हो तर प्रतिबन्धहरुले महिलालाई ठूलो जोखिममा धकेलेको छ । हामी पनि बोलिभियन समाजका सदस्य हौं । हामी यौनकर्मी, महिला, काकी र हजुरआमा हौं । त्यसकारण हाम्रो कार्यघन्टाका विषयमा चिन्ता व्यक्त गरिनुपर्छ ।
उनी थप्छिन्– तर दुर्भाग्य, यौनकर्मीहरु कामका लागि वेश्यालयबाहिर सडकमा जानुपर्ने अवस्था आउँदैछ, जसले अवस्था झन् खराब बनाउँछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा