सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउथैप्टनमा विश्वकप २०१९ को २८ औ म्याच भारत र अफगानिस्तान बिच खेलीयो । यो रोमाञ्चक प्रतिस्पर्धामा टिम इंडियाले शामीको ह्याट्रियकको मद्यतले अफगानिस्तानको टिमलाई अन्तिम समयमा ११ रनले हराउदै जित दर्ता गर्यो । यो जितसँगै भारतले पाँच म्याचमा ९ अंक भएको छ र उ अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । यता, ६ म्याच खेलेको अफगानिस्तानको टिमले ६ म्याचमै पराजित शुन्य अंक सँगै अंक तालिकामा सबैभन्दा अन्तिम स्थान परेको छ ।
यो म्याचमा अफगानिस्तान विरुद्ध भारतीय टिमका कप्तान विराट कोहलीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरे । पहिला ब्याटिङमा उत्रेको टिम इंडियाले ५० ओभरमा आठ विकेट गुमाउदै २२४ रन बनायो र अफगानिस्तानको अगाडि २२५ रनको लक्ष्य राख्यो । एउटा समय यस्तो लागेको थियो कि यो म्याचमा भारतीय टिम पराजित हुनेछ तर बुमराह र शामी को घातक बलिङको दममा भारतीय टिमले अफगानिस्तानलाई ४९.५ ओभरमा २१३ रन मै अलआउट गर्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा