सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ९ । बिहीबार देशका अधिकांश भू–भागको मौसम सामान्य बदली रहने छ । आज अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
जेष्ठ ०९ गते (बिहिबार):
दिउँसो: देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि देशका पश्चिमि र मध्य भू-भागमा आशिंक देखिसामान्य बदलि हुने सम्भावना रहेको छ। साथै देशका पूर्वि भू-भागका पहाडी क्षेत्रमा पनि आशिंक देखि सामान्य बदलि हुने सम्भावना रहेको छ। देशका पश्चिमि र मध्य भू-भागका केहि स्थानहरुमा र पूर्वी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
जेष्ठ १० गते (शुक्रबार):
दिउँसो: देशको पहाडी भू-भागहरूमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ। देशका अन्य क्षेत्रमा आंशिक बदली को सम्भावना रहेको छ।
राति: देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही देशका पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका १/२ स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
जेष्ठ ११ गते (शनिबार):
दिउँसो: देशको पूर्वी भू-भागहरूमा सामान्य देखि पूर्ण बदली रहि मध्य र पश्चिमि क्षेत्रका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलि को सम्भावना रहेको छ। अपरान्ह पछि देशको पूर्वी भू-भागहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ। देशका मध्य र पश्चिमि क्षेत्रका पहाडी भू-भागहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलि रही देशका पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका १/२ स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा