सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २५ । नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभइ जाने गरेकाले समस्या झेल्दै आएका छन्। जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन्।
आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै नपाउने अवस्था समेत छ। दक्षता अभावले रोजगारी पाएका पनि न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ। नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा काम गर्न जानेमध्ये जम्मा १.५ प्रतिशत मात्रै दक्ष छन्। २४ प्रतिशत अर्धदक्ष छन् भने ७४.५ प्रतिशत अदक्ष कामदार रोजगार गर्न भनेर विदेशिएका बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए।
अधिकांश अर्धदक्ष कामदार जापान र कोरियामा छन्। उनले अहिले नेपालको आर्थिक परिसूचक राम्रो रहेको र रेमिट्यान्स बढ्दो क्रममा रहेको बताउँदै कूलगार्हस्थ उत्पादनमा विप्रेषण बढ्ने अनुमान गरिएको उल्लेख गरे। नेपालमा गत वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु ७५५ अर्ब छ करोड पुगेको थियो। पछिल्लो छ महिनामा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भई रु ४४३ अर्ब ३६ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
नेपालमा वार्षिक पाँच लाख युवा रोजगारीका लागि योग्य हुन्छन्। अहिलेसम्म ४३ लाख कामदार वैदेशिक रोजगारमा गएको तथ्यांक छ। नेपालबाट ११० मुलुकका लागि मात्रै रोजगारीका लागि अनुमति भए पनि १६७ देशमा नेपाली रहेको जनाइएको छ। कोरियामा मात्रै आधिकारिक रुपमा गएका ३५ हजार र अनौपचारिक तथ्यांकमा पाँच हजार नेपाली रहेको जनाइएको छ। कोरियाबाट न्यून विप्रेशण सरकारी तथ्यांकलाई आधार मान्दा एक नेपालीले कारियाबाट औषत रु एक लाख ७० हजार कमाउँछन्।
त्यसलाई आधार मान्दा रु ६३ अर्ब आउनुपर्नेमा गतवर्ष रु १७ अर्ब मात्रै भित्रिएको छ। कोरियाबाट आउनुपर्ने मध्ये यो २५ प्रतिशत मात्रै विप्रेशण हो। ४० हजार कामदार हिसाब गर्दा यो वर्ष करीब रु ८२ अर्ब भित्रिनुपर्ने राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक ढुंगानाले बताए। तर छ महीनाको अवधिका जम्मा १६ करोड डलर मात्रै भित्रिएको छ। यो वर्ष बढेर रु ३६ अर्ब आउने अनुमान छ।
यसरी हिसाब गर्दा ३६ अर्ब आयो भने पनि ४३ प्रतिशत मात्रै रेमिट्यान्स भित्रिने देखिन्छ। यसलाई १०० प्रतिशतमा पुर्याउनुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ। कोरिया सरकारले गएको जनवरीबाट नेपालीको तलब ११ प्रतिशत बढाएको र नयाँ नीतिलगायतका कारण यसमा प्रभाव पार्ने जनाइएको छ। केही दिनअघि मात्रै कोरियाको जेबी बैंकका पदाधिकारीसँगको विप्रेषण बढाउने विषयमा छलफल भएको थियो।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सन् १९५६ ताका दुई देशको प्रतिव्यक्ति आय समान रहेकामा अहिले कोरियाको ३० हजार डलर रहेको र नेपालीको एक हजार चार डलर रहेको उल्लेख गर्दै कोरियाबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताए।
उनले नेपालमा वित्तीय स्रोतको अभाव रहेको भन्दै स्थायी सरकार निर्माणसँगै औद्योगिक वातावरण बनेकाले लगानी गर्न कोरियालाई आग्रह गरे। कोरियाको जेबी बैंकका प्रमुख कार्यकारी अधिकृत लिम योङ टेइले नेपालीले जेबी बैंकमार्फत कारोबार बढाइरहेको जानकारी दिँदै उक्त बैंकमा तीन हजार नेपाली जोडिएको बताए। रासस
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा