सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कहिलेकाहिको समय राम्रो कामको लागी आउछ । बेलायतमा बस्ने डेब्रा गाडर्ड (५५) लाई पनि यस्तै भएको छ । उनलाई हिराको औठी लगाउने निकै नै शोख थियो तर उनीसँग त्यती पैसा थिएन कि उनी त्यो हिराको औठी खरीद गर्न सकुन ।
यसैकारण उनले १० पाउण्ड अर्थात करिब १,५०० रुपैयामा एउटा नक्कली हिराको औठी खरीद गरीन । यद्यपी, उनले त्यो औठी लगाइनन र ३३ बर्षसम्म त्यसलाई बक्समा राखिरहिन ।
तर, एक जना आफन्तले डेब्राको आमालाई धोखा दिइन र उनको सबै पैसा सकियो । आफनो आर्थिक अवस्था कमजोर भएपछि डेब्राले त्यो नक्कली हिराको ओठी बेच्ने निर्णय गरिन । उनले एउटा सुन पसलमा बेच्नको लागी मुल्य सोधिन । डेब्राले सोचेकी थिइन यो करिब ८५० पाउण्ड मा विक्नेछ ।
सुन पसलेले डेब्रालाई भने कि जुन हिरालाई उनले नक्कली भन्ने ठानेकी थिइन त्यो २६.२ क्यारेटको हिरा हो, जसको मुल्य करौडौ रुपैया छ । उनले यो औठीलाई एक्सपर्टलाई देखाइन तब तिनलाई डेब्रालाई औठी बेच्न सल्लाह दिए ।
महिला सोथबी नीलामी घरमा त्यो डाइमण्डलाई लिएर पुगीन, जहाँ उनले थाहा पाइन कि त्यो हिरा धेरै नै प्राचिन थियो । औठी ११ करोडमा विक्यो । विभिन्न प्रकारका कर कटौती पछि महिलाले ७ करोड २० लाख पाइन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा