सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा, मंसिर २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् ।
पार्टीको ३ नं कमिटीद्वारा आज हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए ।
फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने बताउँदै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए ।
प्रशिक्षण कार्यक्रमलाई राप्रपाका केन्द्रीय नेताहरु भुवन पाठक, तोरणबहादुर गुरुङ, रोशन कार्की, राजाराम बर्तौलालगायतले सम्बोधन गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा