सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक ३० । एनआईसी एशियाले १० प्रतिशत बोनस शेयर दिने, बैंकले ०७५/७६ को लागि प्रति शेयर १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको ३७७ औं सञ्चालक समितिको बैठकले प्रतिश शेयर रु १० शेयर लाभांस र उक्त शेयर लाभांसमा लाग्ने कर प्रायोजनको लागी प्रतिश शेयर रु ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
बैंकले गत आर्थिक बर्ष वार्षिक विन्दूगत आधारमा कर्जा तथा लगानी ४८ अर्बले बढाएर १२० अर्ब तथा निक्षेप ६४ अर्बले बढाएर १५२ अर्ब पुर्याएको थियो ।
बैकको चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमाससम्म कर्जा तथा सापटी तर्फ बार्षिक विन्दुगत आधारमा ६१ प्रतिशत ( ५३ अर्व) ले बृद्धि गरी १३९ अर्व तगा कुल निक्षेप संकलनमा ५८ प्रतिशत ( ६० अर्व) ले बृद्धि गरी रु १६३ अर्ब गर्न सफल भएको छ । साथै, खुद मुनाफामा १७० प्रतिशत (४७ करोड) ले बृद्धि गरी रु ७५ करोड ५३ लाख आर्जन गरेको छ । बैकको प्रतिश शेयर आम्दानी ३६.७८ रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा