सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ८ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सवारी साधनमा भएको भाडादर वृद्धिको विरोधमा चक्काजाम गरेको छ।
प्रमुख प्रतिपक्षि दल नेपाली कागे्रसको भातृ संगठन नेविसंघले सोमबार बिहान बिहान ९ देखि १० बजेसम्म देशभरका क्याम्पसअगाडि एक घण्टा चक्काजाम गरेको हो।
नेविसंघले सरकारले भाडा वृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।
सरकार र यातायात व्यवसायीबीच शनिबार भएको वार्तामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेकोमा सरकारले उक्त भाडा बढाउन सहमत भएको थियो ।
सरकारले आइतबार नयाँ भाडादर पनि सार्वजनिक गरेको छ ।
फाइल फोटो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा