सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आत्महत्या रोकथामका लागि सहकार्य भन्ने मुल उद्देश्यका साथ आत्महत्या विरुद्धको विश्व दिवस सोमबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय एसोसिएसन, आइएएसपीको आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा यो दिवस मनाउन लागिएको हो
आत्महत्या रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दाबढी मानिसको ज्यान जाने गरेको छ ।
हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । आत्महत्या बढी हुने देशमा कम आएका भएका र मध्यम आएका भएका देश बढी रहेका छन् । १५ देखि २९ वर्ष उमेरकाहरुमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहेको देखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा