सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ मा शनिवार खेलिएको तेस्रो प्रतिस्पर्धामा विश्वकपको दावेदार मानिएको २०१४ विश्वकपको च्याम्पियन जर्मनील स्वीडेनमाथि २–१ को संघर्षपुर्ण जित हासिल गरेको छ ।
यो जितसँगै जर्मनी अन्तिम १६ मा प्रवेश गर्ने केही आशा पलाएको छ । फिफा विश्वकपमा चार पटक च्याम्पियन बनिसकेको जर्मनीको तर्फबाट मार्को रेयुसले ४८ औ मिनेटमा र टोनी क्रुस ले ९०+४ः४२ मिनेटमा निर्णायक गोल गरे भने स्विडेनको लागी एकमात्र गोल ओला टोइवोनेनले ३२ औ मिनेटमा गरे ।
पहिलो हाफको ३० मिनेटसम्म जर्मनी स्विडेनमाथि हावी भयो तर यसपछि तुरुन्त ३२ औ मिनेटमा स्वीडेनको तर्फबाट ओला टाइवोनेनले गोल गर्दे स्विडेनलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा १–० को पछि परेको जर्मनी दोस्रो हाफ शुरु भएको ३ मिनेटमै मार्को रेयुसको शानदार गोलको मद्यतले १–१ को बराबरीमा पुर्याए ।
दोस्रो हाफको खेल सकिएसँगै थपिएको ५ मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा फ्रि किक मार्फत शानदार गोल गर्दे जर्मनीले स्मरणिय जित दिलाए ।
समग्र खेलमा गत सिजनको च्याम्पियन जर्मनीलाई ८ कर्नर र १० फाउल पायो भने स्विडेनले ३ कर्नर र ११ फाउल पाए ।
८० बर्षपछि पहिलो पटक ग्रुप चरणबाट बाहिरिने खतरामा परेको जर्मनी १९३८ विश्वकप लाई छोडेर कहिलेपनि ग्रुप चरणबाट बाहिरिएको थिएन । यदि स्विडेनसँग हारेको भए जर्मनीको विदाई निश्चित थियो भने जितसँग अगिल्लो चरणमा पुग्ने आशा केही पलाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा