सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्जेन्टिना र स्पेनिस क्लब बार्सिलोनाका समर्थक मात्रै होइन, विश्वभर रहेका फुटबल समर्थक मेसीको उत्कृष्ट खेल शैलीसँग परिचित छन् ।
गएको विश्वकपमा पनि उनकै उत्कृष्ट खेल लयमा अर्जेन्टिना फाइनलसम्म पुगेको थियो । पाँच पटकका बलोन डि’ओर विजेता मेसीले यसपटक पनि विश्वकपमा राम्रो खेल प्रदर्शन गर्ने विश्वास गरिएको छ ।
उनले यो सिजन बार्सिलोनाबाट खेलेका ५४ खेलमा ४५ गोल गरे । ला लिगाको ३६ खेलमा उनले गरेको ३४ गोल यो वर्षको गोल्डेन बुट उपाधिको गोल पनि बन्यो ।
मेसीले यसअघि तीन वटा विश्वकप खेलिसकेका छन् । मेस्सीसहितको अर्जेन्टिना २००६ को विश्वकपमा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भयो । २०१० को विश्वकपमा जर्मनीसँग नै क्वाटरफाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ मा जर्मनीसँगै फाइनलमा १-० ले पराजित भएको थियो ।
मेसीले विश्वकपमा खेलेका १५ खेलमा पाँच गोल गरेका छन् । उनले तीन वटा गोलको अवसर सिर्जना गरेका छन् ।
अहिलेसम्म मेसीले क्लब र देशबाट गरेर खेलेका ७६१ खेलमा ६१६ गोल गरेका छन् । २५० गोलको अवसर सिर्जना गरेका छन् । आफ्नो उपाधिहरुको संग्रहमा विश्वकप जोड्न लालायित ३० वर्षका मेसीको यो विश्वकप फुटबल प्रतिष्ठासँग पनि जोडिएको छ ।
जब अर्जेन्टिनाको कुरा आउँछ हेर्दा मेस्सी बिना पनि टिम पूर्ण नै देखिन्छ । पूरै अनुभवि र सक्षम खेलाडीको लाइन अर्जेन्टिनासँग छ । तर, मेसीको खेलमा नै अर्जेन्टिनाको विश्वकप सपना टिकेको छ । अनुभवि मेसीले चाहिने बेला टिमलाई दिएको योगदान महत्वपूर्ण छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा