सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख १० । विश्वमा कैयौ देशमा पछिल्लो दिनदेखी अत्यधिक हिंस्रक घटनामा बुद्धि भएको छ । पछिल्लो समय म्याक्सिकोमा हत्याको घटनामा लगातार बढ्दै गईरहेको छ ।
मेक्सिकोमा २०१८ को पहिलो तिन महिनामा हिंस्रक अपराधमा ७,६६७ मानिसहरुको हत्या भएको छ । जुन पछिल्लो बर्षको तुलनामा २० प्रतिशत बढि हो । सरकारी आकडाबाट प्राप्त जानकारी अनुसार म्याक्सिको सुरक्षा सेवाको अनुसार २०१७ मा ६,४०६ मानिसको हिंस्रक घटनामा हत्या गरीयो ।
२३ अप्रिलमा सरकारी तर्फबाट जारी गरीएको डाटा अनुसार हिंस्रक घटनाको दौरान सबैभन्दा खतरनाक महिना मार्च रह्यो जसमा २,७२९ मानिसहरुको हत्या भयो । यो पछि जनवरी मा २,५४९ र फेब्रुवरीमा २,३८९ मानिसको हत्या भयो ।
रिपोर्टमा भनिएको छ कि विषादी युक्त औषधिको तस्करी गर्ने गीरोह, तेल चोर्ने गीरोह, अपहरण, असुली र अन्य अपराधिक क्रियाकलापको दौरान यीे हत्याहरु भएका हुन् ।
अहिलेसम्म २०१७ मा सबैभन्दा बढि २५,३३९ मानिसको हत्या भएको थियो । १० बर्ष पहिला यो आकडाको आंकलन शुरु गरीएको थियो । रिपोर्ट अनुसार देशमा १ जुलाईमा हुन गईरहेको चुनावी घोषणापछि हिंस्रक घटनामा लगातार बुद्धि भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा