सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर ४ । जिम्बाबेमा राष्ट्रपति रोबर्ट मुगाबेले तत्काल सत्तामा नछाडने भएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले जिम्बावेका जनता र आफूबीचको सम्बन्धका कुनै कटुता नरहेको भन्दै सम्बन्धलाई अझै सुदृढ बनाउने बताए । उनले आगामी सत्तरुढ पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व आफैले गर्ने बताउनुभएको हो ।
सत्तारुढ पार्टी जानु–पिएफले यसअघि मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरि उपराष्ट्रपति इमर्सन नान्गाग्वालाई पार्टीको नेतामा नियुक्त गरेको छ । जानु–फिएफ पार्टीले भने उहाँलाई पार्टीको नेताबाट बर्खास्त गर्दै राष्ट्रपतिबाट राजीनामा दिन २४ घण्टाको अल्टिमेटम दिएको थियो । उनले आजसम्म राजीनामा नदिए महाअभियोग लगाएर हटाउने तयारी गरिएको बताइएको छ ।
लामो समयदेखि सत्तामा रहँदै आउनुभएका मुगावेको गत बुधबार सेनाले शक्ति हातमा लिएपछि ९३ वर्षीय मुगाबे घर मै नजरबन्दमा छन् । मुगाबेपछि सत्ताको बागडोर कसले सम्हाल्ने भन्ने विषयमा विवाद चर्किँदै गएका बेला सेनाले हस्तक्षेप गरेको थियो ।
मुगाबे आफ्नी श्रीमती ग्रेस मुगाबेलाई आफूपछिको उत्तराधिकारीको रुपमा अघि ल्याउने प्रयासमा लागेपछि सत्तारुढ पार्टीमा विवाद बढेको थियो ।
यता राजधानी हरारेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामा माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा