सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सल्यान , कार्तिक२३ । सल्लीबजार जाजरकोट सडकखण्डमा जाँचका क्रममा वनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका २४ वर्षीय राजु भण्डारी पक्राउ परेका छन् ।
मोटरसाइकलको कागजात जाँच गर्ने क्रममा ७०० ग्राम जिलेटिन भण्डारीको साथबाट फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धानपछि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।
भेरीनदीमा माछा मार्नका लागि जिलेटिन ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा