सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ, कात्तिक २। प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै कार्यकर्ताहरुबीच पनि ध्रुवीकरण बढेको छ। सबै राजनीतिक दलहरु एक–अर्काका कार्यकर्ता आफूतिर तान्न लागिपरेका छन्।
यसैबीच बुधबार मोरङमा एमाले, माओवादीसहितका करिव तीन सय कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस नेता मिनेन्द्र रिजालले एक कार्यक्रमबीच उनीहरुलाई पार्टी प्रवेश गराए। एमाले, माओवादी, संघीय समाजवादी फोरम, राजपा र राप्रपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।
नेता रिजाल मोरङ २ बाटै प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्। मोरङ २ यसअघि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको क्षेत्र हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा