सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, असोज ८ । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।
फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले नौ हजार ६३ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी उपप्रमुखमा नविता यादव नौ हजार १६३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शोभाकुमारी मण्डलले आठ हजार ९९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा