सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङले सर्वोच्च अदालतको आदेशविपरीत अस्पतालको हाताभित्र निजी फामेर्सी हटाउन अटेरी गरेको छ। सर्वोच्चले अस्पताल परिसरभित्रका निजी फार्मेसी हटाउन आदेश दिएको २ वर्ष वित्दा पनि टिचिङले अझै हटाएको छैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
सरकारले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्ने निर्णय गरी अघिल्ले वर्ष नै आवश्यक रकमसमेत निकासा गरिसकेको थियो ।
सर्वोच्चको आदेशअनुसार सरकारी अस्पतालभित्र निजी फार्मेसी सञ्चालनमा रोक लगाईएको छ।
निजि फार्मेसी सञ्चालन नियन्त्रण गर्न सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ जारी गरेको छ ।
टिचिङले भने उक्त निर्दशिकाविपरित अस्पताल परिसरभित्र निजी फार्मेसी चलाईरहेको छ। यहाँ चार निजी फार्मेसी सञ्चालनमा छन्। केहीले त नामसमेत नराखी चलाइरहेका छन्। परिसर भित्र अस्पतालका आफ्नै दुई फार्मेसी पनि छन्। अस्पतालको फार्मेसीमा भने औषधि सँधै अभाव हुने विरामीको गुनासो छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा