सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जेन–जी अभियन्ता मिरज ढुंगानाले वर्तमान राजनीतिक घटनाक्रम, सुरक्षा अवस्था, रोजगारी संकट र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै आन्दोलनको मर्मअनुसार काम गर्न सरकारलाई आग्रह गरेका छन् । जेन–जी अभियन्ताहरूको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ढुंगानाले भारत भ्रमणका क्रममा त्यहाँको जेन–जी आन्दोलनबारे जानकारी लिने अवसर नपाएको बताए । उनले भारतमा भएको युवा आन्दोलनको सफलताप्रति आफूहरू खुसी रहेको उल्लेख गर्दै कुनै पनि देशका युवाले परिवर्तनका लागि हासिल गरेको उपलब्धिप्रति सम्मान रहेको बताए ।
उनले भारतका एक जेन–जी अभियन्ताले नेपाल र बंगलादेशका जेन–जी आन्दोलनभन्दा आफूहरूको आन्दोलन फरक रहेको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै त्यस्तो टिप्पणीले आफूलाई दुःखी बनाएको बताए ।
‘आफ्नो आन्दोलन सफल हुनु राम्रो कुरा हो, तर त्यसका लागि अरूलाई होच्याउने वा कमजोर देखाउने आवश्यकता हुँदैन,’ उनले भने । ढुंगानाले भारतबाट फर्किने क्रममा सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रमा भएको सामुदायिक द्वन्द्व र गोली प्रहारको घटनाप्रति चिन्ता व्यक्त गरे । उनले स्थानीय तहदेखि सुरक्षा निकायसम्म सम्भावित द्वन्द्वबारे सूचना पुगेको भए पनि समयमै आवश्यक कदम नचालिएको आरोप लगाए । ‘गृह मन्त्रालयको मुख्य जिम्मेवारी नै शान्ति सुरक्षा कायम गर्नु हो । यस्तो अवस्था आउन नदिन किन समयमै ध्यान दिइएन ?’ उनले प्रश्न गर्दै भने ।
उनले धार्मिक तथा सामुदायिक द्वन्द्व दोहोरिन नदिन राज्य थप सचेत हुनुपर्ने बताए । साथै समाजमा धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिए । ढुंगानाले विदेश रोजगारीका लागि जाने युवाहरूको अवस्थालाई उल्लेख गर्दै सरकारले देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए । उनले कतार जान लागेका केही नेपाली श्रमिकसँग भेट भएको प्रसंग सुनाउँदै उनीहरूमा देशमै अवसर नपाउने निराशा देखिएको बताए । ‘यो आन्दोलनको एउटा मुख्य मर्म यही देशमा बसेर गरी खान पाउने अवस्था सिर्जना गर्नु हो,’ उनले भने । उनले पछिल्ला आत्महत्याका घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै यसलाई सामाजिक र आर्थिक निराशाको संकेतका रूपमा बुझ्नुपर्ने बताए । ढुंगानाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसके आन्दोलनको मर्मविपरीत जाने अवस्था सिर्जना हुने र त्यसको विरोधमा आफूहरू उभिने चेतावनी दिए ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा